कान्तिपुरका ११ कन्टेनर न्युजप्रिन्ट छुट्यो

  • Friday, June 25, 2010
  • Posted by Madan Sapkota

कोलकाता बन्दरगाहमा करिब एक महिनादेखि रोकिएका कान्तिपुर पब्लिकेसन्सको ११ कन्टेनर न्युजप्रिन्ट छाडेको भारतीय दूतावासले जनाएको छ । शुक्रबार दिउँसो पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र भारतीय राजदूत राकेश सूदबीचको छलफलपछि दूताबासले उक्त जानकारी दिएको हो

पब्लिकेसन्सका अध्यक्ष सिरोहियाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै ३९ कन्टेनरमध्ये ११ कन्टेनर न्युजप्रिन्ट छलफलपछि छाडिएको जानकारी दिएका छन् । 'सूदसँग भएको छलफलअनुसार बाँकी २८ वटा कन्टेनर पनि आउँदो सोमबारसम्ममा त्यहाँबाट छुट्ने हामीले विश्वास लिएका छौं,' विज्ञप्तीमा भनिएको छ, 'भारतीय मार्गलाई 'ट्रान्जिट' बनाई तेस्रो मुलुकबाट आयात गरिने न्युजप्रिन्ट दुई देशको पारवहन सन्धिअनुसार विगतमा झैं भविष्यमा पनि बिना अवरोध नेपाल आउनेमा हामी निश्चिन्त छौं '

कान्तिपुरको न्युजप्रिन्ट रोकिएपछि उत्पन्न संकटप्रति सदभाव सहयोग पुर्याउने पाठक, राजनीतिक दल तथा नेताहरु, सञ्चार माध्यम, पेशागत संघ-संस्था, व्यवसायिक समुदाय, नागरिक समाज, अधिकारकर्मीलगायत शुभचिन्तकहरुप्रति पब्लिकेसन्सले आभार प्रकट गरेको

यसैबीच, भारतीय दूतावासले शुक्रबार नै विज्ञप्ती जारी गर्दै राजदूत सुद र कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक सिरोहियाबीच छलफल भएको जनाएको छ ।

0 comments:

Post a Comment