दाहालले जवाफ दिएपछि पोलिटब्युरो बैठक सकियो

  • Friday, June 25, 2010
  • Posted by Madan Sapkota

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुले उठाएको जवाफ दिएपछि माओवादी पोलिटब्युरो बैठक शुक्रबार सकिएको छ । बैठकका निर्णय भने माओवादीले शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ ।

असार १ गतेदेखि जारी पोलिटब्युरो बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सरकारबारे सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिएका थिए । उनले पार्टीको भावी कार्यदिशाबारे पनि सम्वोधन गरे ।

बैठकमा अध्यक्ष दाहालले सदस्यहरुले उठाएको जिज्ञासाको एक-एक गरी जवाफ दिएको एक पोलिटब्युरो सदस्यले जानकारी दिए । दाहालको जवाफपछि पनि केहि नेताहरुले सम्वोधन गरेका थिए । गृहकार्य नपुगेको भन्दै असार १ गतेदेखि सुरु भएको बैठक पटक-पटक स्थगित हुँदै आएको थियो ।

0 comments:

Post a Comment