माओवादीले अमेरिका भ्रमणमा रहेका तीन नेतालाई फिर्ता बोलायो

  • Friday, June 25, 2010
  • Posted by Madan Sapkota

माओवादीले अमेरिका भ्रमणमा गएका तीन नेतालाई फिर्ता बोलाएको छ ।

अमेरिकाको बोष्टनमा हुन लागेको एक कार्यक्रममा जान लागेका पोलिटव्युरो सदस्य अग्नि सापकोटालाई केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विरोध गरेकोले भ‍मण स्थगित भएपछि माओवादीले गइसकेका अन्य तीन नेतालाई पनि फिर्ता बोलाउने निर्णय गरेको हो ।

'हाम्रो पार्टीको इज्जत र मर्यादामा आँच पुर्‍याउने उद्देश्यका साथ भएका यस प्रकारका कार्यप्रति असहमति जनाउँदै उक्त कार्यक्रममा भाग लिन गइसक्नु भएका कमरेडलाई तत्काल फिर्ता बोलाउने निर्णय गर्न बाध्य भएको कुरा प्रष्ट गर्न चाहान्छौं' प्रबक्ता दीनानाथ शर्माद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।

बिहीबार सचिव सीपी गजुरेल, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र पोलिटव्युरो सदस्य पम्फा भुसाल अमेरिका उडेका थिए । सापकोटाको पनि अमरिकी दूतावासले प्रवेशाज्ञा दिइसकेको थियो ।

0 comments:

Post a Comment